back

दसैँको टीकाको उत्तम साइत कति बजे ?

यस वर्ष विजया दशमीको साइत असोज १९ गते बुधबार बिहान ११:५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। त्यस दिन बिहान १०:३४ बजे देवी विसर्जन गरी ११:५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ ।

पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । विजयादशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत दिइएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

राज्य सञ्चालकले भने समितिले तोकेकै साइतमा मान्यजनबाट टीका, प्रसाद थाप्नुपर्ने उनले बताए। देवीको प्रसादका रूपमा देशका धेरै भागमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ । केही भागमा भने विजयादशमीका दिनमात्र देवीको प्रसादका रूपमा टीका थाप्ने गरिन्छ ।

यस वर्ष असोज १० गते सोमबारदेखि नवरात्रारम्भ हुँदैछ। नवरात्रको पहिलो दिन घटस्थापना गरिन्छ । घटस्थापनाका लागि बिहान १०:२३ बजेको साइत शुभ रहेको छ । असोज ११ गते झण्डा फेर्ने साइत ११:११ बजे उत्तम रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताए । झण्डा फेर्दा पूर्व मोहडा गरेर फेर्नुपर्ने पनि उनले सुनाए ।

असोज १४ गते शुक्रबार पचलीभैरव यात्रा हुने भएको छ । असोज १६ गते आइतबार फूलपाती पर्व परेको छ। यसै दिन बिहान १०:०५ बजे तुलजा भवानी यात्राको साइत जुरेको छ । तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत बिहान ११:३५ बजेको छ ।

असोज १७ गते सोमबार महाअष्टमी पर्व परेको छ। राति भने कालरात्रि पर्व मनाइन्छ । असोज १८ गते मङ्गलबार महानवमी पर्व परेको छ । असोज १९ गते बुधबार विजयादशमी पर्व परेको छ । नेपालीको महान् पर्व बडादसैँको यो मुख्य दिन हो । यस दिन बिहान ७:३५ बजे तुलजा भवानी यात्राको साइत छ। तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत भने ८:४७ बजे रहेको समितिले जनाएको छ । खड्गयात्रा पनि यसै दिन परेको छ ।

असोज २२ गते शनिबार सबै बलिपूर्ति गर्नुपर्ने छ । असोज २३ गते आइतबार कोजाग्रत पूर्णिमा पर्व परेको छ । यस दिन बेलुकी घर घरमा धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरेपछि १५ दिन लामो दुर्गा पक्ष अर्थात् दसैँ पर्व समापन हुन्छ ।

 


गजुरीमा बसको ठक्करबाट स्कुल जादैँँ गरेका बालकको मृत्यु

गजुरीमा बसको ठक्करबाट स्कुल जादैँँ गरेका बालकको मृत्यु

धादिङको गजुरीमा बसको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु भएको...

शेयर बजार आज पनि ओरालो, कारोबार रकम कति ?

शेयर बजार आज पनि ओरालो, कारोबार रकम कति ?

शेयर बजार आज मङ्गलवार पनि घटेर राताम्मे भएको छ...

धनगढीमा अनसनरत डा. गोविन्द केसीकाे स्वास्थ्यमा समस्या, काठमाडौं ल्याउने तयारी

धनगढीमा अनसनरत डा. गोविन्द केसीकाे स्वास्थ्यमा समस्या, काठमाडौं ल्याउने तयारी

स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै २० औँ पटक अनसनमा...

राप्रपाको बन्दसूचीमा राणाको नाम अग्रस्थानमा

राप्रपाको बन्दसूचीमा राणाको नाम अग्रस्थानमा

सिन्धुपाल्चोक–२ बाट प्रत्यक्ष चुनाव लड्दै आएका राप्रपा नेता पशुपतिशमशेर...

३३ हजारले लिए मलेसिया जान श्रम स्वीकृति

३३ हजारले लिए मलेसिया जान श्रम स्वीकृति

एक महिनामा ३३ हजार भन्दा बढीले मलेसिया जान श्रम...

मनसुन सक्रिय रहेकाले अझै केही दिन वर्षा हुने

मनसुन सक्रिय रहेकाले अझै केही दिन वर्षा हुने

मनसुनी गतिविधि सक्रिय रहेकाले अझै केही दिन वर्षा हुने...