back

एनसेलले ल्यायो अनलिमिटेड र अल नेटवर्क प्याक

एनसेल आजियाटा लिमिटेडले आठौँ संविधान दिवसको अवसरमा आइतवार (असोज २) बाट लागू हुने गरी नयाँ दुई विशेष अफर सञ्चालन ल्याउँदै छ । यो अफरअन्तर्गत ग्राहकहरूले आकर्षक अनलिमिटेड डेटा र अन नेट भ्वाइस प्याकका साथै अल नेट भ्वाइस र एसएमएस प्याकको फाइदा लिन सक्छन् ।

यी प्याकहरू आइतवारबाट तीन दिनका लागि मात्र सञ्चालनमा रहने छन् । यसको मतलब ग्राहकहरूले यी प्याकहरू आइतवारदेखि मंगलवार अर्थात असोज २ देखि ४ गतेसम्ममात्र लिन पाउँनेछन् । असोज ३ गते सोमवार आठौं संविधान दिवस मनाइँदै छ ।

ग्राहकहरूले एक दिन समयावधि रहेको अनलिमिटेड डेटा र अन नेट भ्वाइस प्याक कर सहित रु ५९ खरिद गर्न सक्छन् । यो प्याक सुचारु गरेपछि ग्राहकले एक दिन अर्थात २४ घण्टासम्म अनलिमिटेड डेटा र अन नेट भ्वाइस सेवा लिन पाउँछन् ।

एनसेल बाहेक अन्य सेवा प्रदायकका नम्बरहरूमा यो अफर अवधिभर अझ सुलभ दरमा कल गर्न र एसएमएस पठाउन ग्राहकले मात्र रु ९५ मा २०० मिनेट अल नेट टक टाइम र २०० वटै एसएमएस बन्डल भएको प्याक लिन सक्छन् । यस प्याकमा पाइने अल नेट टक टाइम र एसएमएसको समयावधि ३ दिनको हुन्छ ।

संविधान दिवसको अवसरमा ल्याइएका दुवै प्याकले ग्राहकलाई ठूलो महत्व राख्ने विश्वास रहेको एनसेलले जनाएको छ । यी प्याकमार्फत ग्राहकले अझ सुलभ दरमा भ्वाइस, डेटा र एसएमएस सेवा लिन सक्ने छन् ।


गजुरीमा बसको ठक्करबाट स्कुल जादैँँ गरेका बालकको मृत्यु

गजुरीमा बसको ठक्करबाट स्कुल जादैँँ गरेका बालकको मृत्यु

धादिङको गजुरीमा बसको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु भएको...

शेयर बजार आज पनि ओरालो, कारोबार रकम कति ?

शेयर बजार आज पनि ओरालो, कारोबार रकम कति ?

शेयर बजार आज मङ्गलवार पनि घटेर राताम्मे भएको छ...

धनगढीमा अनसनरत डा. गोविन्द केसीकाे स्वास्थ्यमा समस्या, काठमाडौं ल्याउने तयारी

धनगढीमा अनसनरत डा. गोविन्द केसीकाे स्वास्थ्यमा समस्या, काठमाडौं ल्याउने तयारी

स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै २० औँ पटक अनसनमा...

राप्रपाको बन्दसूचीमा राणाको नाम अग्रस्थानमा

राप्रपाको बन्दसूचीमा राणाको नाम अग्रस्थानमा

सिन्धुपाल्चोक–२ बाट प्रत्यक्ष चुनाव लड्दै आएका राप्रपा नेता पशुपतिशमशेर...

३३ हजारले लिए मलेसिया जान श्रम स्वीकृति

३३ हजारले लिए मलेसिया जान श्रम स्वीकृति

एक महिनामा ३३ हजार भन्दा बढीले मलेसिया जान श्रम...

मनसुन सक्रिय रहेकाले अझै केही दिन वर्षा हुने

मनसुन सक्रिय रहेकाले अझै केही दिन वर्षा हुने

मनसुनी गतिविधि सक्रिय रहेकाले अझै केही दिन वर्षा हुने...