समाज

Social News

भक्का खान ३ घण्टा लाइन

भक्का खान ३ घण्टा लाइन

नागरिक बिचार, समाज
काठमाण्डौं २३ बैशाख । मानिस चाहे संसारको जुनसुकै ठाउंमा पुगोस् । तर उसलाई आफ्नो ठाउंको स्वादले भने तानेकै हुन्छ । विदेशी परिकारको स्वाद जति खाए पनि आफ्नो ठाउंको रैथाने खानाले सबैलाई मोहित बनाउँछ । बिरानो ठाउंमा बसेको बेलामा रैथाने खानाको स्वाद लिन पाउँदा कम्ति खुसी लाग्दैन । त्यस्तै रैथाने स्वाद लिनेहरुको पुरानो बानेश्वर चोकमा निकै ठूलो भिड देखिन थालेको छ । पुरानो बानेश्वर चोक देखि मैतिदेवी मोडिने तर्फ एउटा सानो कोठामा पुर्वेली परिकारको स्वाद लिनेहरुको अहिले लामै लाइन छ । बस्ने ठाउँ नपाएर उभिएरै, अनि घण्टौं कुरेर बस्छन् काठमाडौंबासी । पुरानो बानेश्वर चोकैमा भर्खरै खुलेको छ, भक्का हाउस । काठमाडौंमा मम, बर्गर, पिज्जाको स्वादले आजित बनेकाहरुका लागि भक्का नयाँ श्वाद बन्न सकेको छ । त्यसैले त पुरानो बानेश्वरको भक्का हाउस खचाखच ग्राहकले भरिएको हुन्छ । लाइट नेपालको टोली भक्का हाउस पुग्दा संच
तरकारी खेतीमा दाम संगै काम र नाम पनि 

तरकारी खेतीमा दाम संगै काम र नाम पनि 

अर्थ / व्यापार, समाज
दिपक खड्का,चन्द्रौटा चैत्र २७ । कपिलवस्तु जिल्लाको विजयनगरगाँपालिका वडा न.५ डालपुर बस्दै आएका जगरनाथ पाल तरकारी खेती तिर आकर्षित भएका छन । उनले ९ कट्ठामा तरकारी खेती गरि ७ जनाको परिवार पाल्दै आएका छन । हाल ४२ वर्ष पुगेका पाल १० वार्षको उमेर देखि खेती गदै आएको समझना सुनाए ज्ञानको अभावमा परमपरागत खेती गर्दे आएको र गरिबीको कारण पढन न सकेनी आफना छोरा,छोरीलाई नजिके रहेको शिव मा.वि. डालपुरमा अध्यन गर्ने गरेको जानकारी दिए । रुपन्देहिको खुरदावानगर गा.वि.स. वडा न ९ लकडीगढवा गाँउ वाट ४ वर्ष पहिला बसाई सराई गरि आएका उनको परिवार अहिले डालपुरमा तरकारी खेतिमा रमाउना थालेका छन । विजयनगर गाँउपालिकाको डालपुर गाँउका बासिदाहरु धान,गेहु खेतिमा निर्भर रहने कामको खोजीमा ज्याला मजदुरी गर्ने र आफनो खेत बाझौ राखि मजदुरी गर्ने गरेको स्थानिय वासिदा शंकर बि.क.ले बताउनु भयो । हाल डालपुर गाँउका लागि नमुना बनेका पाल पर
आमा श्रीदेवीको निधनपछि शुटिंगमा फर्कीइन् जान्ह्वी

आमा श्रीदेवीको निधनपछि शुटिंगमा फर्कीइन् जान्ह्वी

अन्तर्राष्ट्रिय, चलचित्र/मनोरञ्जन, समाज
मुम्बई, २६ फागुन । बलिवुडमा डेभ्यु गर्न लागेकी जान्ह्वी कपुरले आफ्नी आमा श्रीदेवीको निधनको दुइ हप्ता पनि नहुदै फिल्मको शुटिंगमा फर्किएकी छन् । आफ्नी आमा श्रीदेवीसँग अत्यन्त नजिक रहेको जान्ह्वीले आमाको निधन पछि मार्मिक पत्र लेख्दै आमाको सपना पुरा गर्ने बाचा गरेकी थिइन् । भारतीय संचारमाध्यमहरुका अनुसार जान्ह्वीले डेभ्यु गर्न लागेको फिल्मको धड्कको सेटमा जान्ह्वी देखिएकी छन् । मुम्बईको बान्द्रास्थित फिल्म धड्कको सेटमा जान्ह्वी निर्देशक शशांक खेतान र सहकर्मी अभिनेता इशान खट्टरसँग देखिएकी छन् । मुम्बई मिररका अनुसार जान्ह्वी र इशानले केहि दिन बान्द्रामा फिल्मका केहि रोमान्टिक सिनको शुटिंग गर्ने उल्लेख गरको छ । साथै केहि दिन पछि फिल्म युनिट सुटिंगका लागि कोलकोता जाने बताइएको छ । यस अघि फिल्मको राजेस्थानमा शुटिंग भएको थियो । गत डिसेम्बर देखि शुटिंग सुरु भएको यस फिल्म आगामी जुलाई ६ तारिखमा रिल
बिबाह गर्दै दीपिका र रणवीर, सपिङका लागि दीपिका उडिन् लण्डन

बिबाह गर्दै दीपिका र रणवीर, सपिङका लागि दीपिका उडिन् लण्डन

अन्तर्राष्ट्रिय, चलचित्र/मनोरञ्जन, फोटो फिचर, समाज
मुम्बई, २४ फागुन । अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंह बलिउडका बेष्ट जोडी मध्यका एक हुन् । यो जोडी अब बिबाह बन्धनमा बाँधिने छन् । अहिले खबर बाहिर आएको छ कि यी दुबैका आमाबुबाले ३,४ महिना भित्र बिबाह गर्ने निणर्य गरेका छन् । रणवीरसँग दीपिकाको बिबाहको कुरो टुङ्गो लगाउन दीपिकाको आमाबुबा गतहप्ता बैंङ्लरबाट मुम्बई आएका थिए । दुबैको आमाबुबाले बिबाहको मिति पनि मिलेर टुङ्गो लगाएका छन् । बिबाह मिटिङ दीपिकाको घर ‘प्रभादेवी’मा भएको थियो । मिटिङको समय रणवीर र दीपिका सबै परिवारका साथमा सहभागी थिए । दीपिका र रणवीरले बिदेशमा बिबाह गर्ने इच्छा ब्यक्त गरेका थिए । तर दुबैको परिवारले इच्छा मुम्बईमा बिबाह समारोह राख्ने रहेको छ । समाचारमा उल्लेख भए अनुसार यी दुबैको बिबाह साउथ इन्डियन रितिरिवाज अनुसार हुनेछ । बिबाह पछि दुबैले रिसेप्सन पार्टी राख्ने योजना समेत बनाएका छन् । बिबाह टुङ्गो लाग्ने बितिकै
पूर्णवहादुर महताराले किन छोडे नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा ?

पूर्णवहादुर महताराले किन छोडे नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा ?

अर्थ / व्यापार, चलचित्र/मनोरञ्जन, फोटो फिचर, मुख्य समाचार, समाज, स्वास्थ्य
काठमाडौं,२६ फागुन : नेपाली जनताले प्राप्त गरेका अधिकार संस्थागत गर्नका लागि शान्तिपूर्ण वातावरणको खाँचो भएको भन्दै नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपाका एक कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । युद्ध र संकट कालले थिलथिलो भएको देशलाई वर्तमान अवस्थामा शान्तिपूर्ण राजनीतिले मात्र मल्हम लगाउन र विकास गर्न सक्ने बताउँदै गुुलरिया –२, बर्दियाका पूर्णवहादुर महतारा ‘विचार’ले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । विज्ञप्ती निकालेर महताराले विप्लव छोडेको घोषणा गरेका हुन् । ‘देशको आर्थिक समृद्धि, सुशासन र शान्ति तथा स्थायित्वका लागि नेपाली जनताको एकताको खाँचो छ । त्यसैले यही कुरालाई सम्झिदै मैले आजकै मितिदेखि नेकपा (विप्लव) समूहको साधारण सदस्य नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेको छु ।’ महताराले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । महतराले विप्लव समूह परित्याग गरी आउँदा दिनहरुमा
तिलोत्तमा नगरपालिकाको टोली अर्थमन्त्रालयमा

तिलोत्तमा नगरपालिकाको टोली अर्थमन्त्रालयमा

अन्तर्राष्ट्रिय, अर्थ / व्यापार, खेलकुद, चलचित्र/मनोरञ्जन, नागरिक बिचार, प्रविधि, फोटो फिचर, मुख्य समाचार, राजनीति, समाज, स्वास्थ्य
तिलोत्तमा, २५ फागुन । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रतिनिधि टोलीले बिहीबार अर्थमन्त्री डा. युवराज खतिवडासँग भेट गरेको छ । भेटका क्रममा टोलीले तिलोत्तमा नगरपालिकामा अघि सारिएका विकासका ठूला आयोजनाका बारेमा अर्थमन्त्री खतिवडालाई जानकारी गराएको छ । रुपन्देही क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य घनश्याम भुसाल सहितको टोलीले अर्थमन्त्री खतिवडालाई अर्थमन्त्रालयमा भेट गरेको हो । भेटका क्रममा टोलीले ठूला विकासका आयोजना निर्माणमा सहयोग जुटाइदिन अर्थमन्त्री खतिवडालाई आग्रह गरेको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिए । नगरपालिकाका विभिन्न काम लिएर काठमाडौं पुगेको टोलीमा नगर प्रमुख बासुदेव घिमिरे, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, कार्यपालिका सदस्य तथा प्रवक्ता सुरेन्द्र श्री, प्रेस सल्लाहकार बीपी गौतम, नगर प्रमुखका स्वकीय सचिव विष्णुप्रसाद अर्याल छन् । भेटमा नगर प्रमुख घिमिरेले नगर