राजनीति

political news

म प्रधानमन्त्रीका रुपमा होइन प्रधान तिर्थयात्रीका रुपमा नेपाल आएको छु – मोदी

म प्रधानमन्त्रीका रुपमा होइन प्रधान तिर्थयात्रीका रुपमा नेपाल आएको छु – मोदी

मुख्य समाचार, राजनीति
जनकपुर, २८ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो भ्रमण भारतको प्रधानमन्त्रीको रुपमा भन्दापनि प्रधान तिर्थयात्रीको रुपमा रहेको स्पष्ट पारेका छन् । जनकपुरस्थित् १२ विघामा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा सम्बोधन गर्दै मोदीले यस्तो बताएका हुन् । जनकपुरमा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा उनले सुरुमा मैथिलीमा सम्बोधन गरे । पहिलो पटक नेपाल आउँदा नै छिट्टै जनकपुर आउने बाचा गरेको तर समय लागेको भन्दै क्षमा मागे । माता सिताले आजै दिन आउन भनेकोले वहाँको दर्शन गर्ने दिन जुरेको पनि बताए । लगतै उनले नेपालीमा सम्बोधन गर्दै आफ्नो यो भ्रमण प्रधानमन्त्रीका रुपमा भन्दा पनि प्रधान तीर्थयात्रीका रुपमा भएको बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरमा आयोजित नागरिक सम्मान कार्यक्रममा मैथिलीमा सम्बोधन गरेका छन् । उनले मैथली भाषामा सम्बोधन गर्न थालेपछि उपस्थितले तालि बजाएका थिए । सो अव
लागूऔषध सहित पक्राउ

लागूऔषध सहित पक्राउ

मुख्य समाचार, राजनीति
स्याङजा, २७ बैशाख । तनहुँ ब्यास नगरपालिका-१३ छाप्दिबाराही बस्ने २२ वर्षीय सवित थापालाई लागूऔषध नोफ्रिम १४ पिस, फेनारगन १४ पिस, सेरिजेट १५ पिस र सिरिन्ज १ थान सहित प्रहरीले बिहीबार पक्राउ गरेको छ । गल्याङ नगरपालिका-३ स्थित चाँदनी होटलको शौचालयमा सिरिन्ज हानिरहेको अवस्थामा प्रहरी चौकी गल्याङबाट खटिएको टोलीले फेलापारी उनी सवार लु.१ ख. ८७८८ नम्बरको बुटवलबाट बाग्लुङ जाने बसको सिटमा समेत जाँच गर्दा उनको झोलाबाट उक्त परिमाणको लागूऔषध सहित फेला पारी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
म भ्रष्टाचार गर्दिन, गरेको पनि सहन्न : प्रधानमन्त्री ओली

म भ्रष्टाचार गर्दिन, गरेको पनि सहन्न : प्रधानमन्त्री ओली

राजनीति
काठमाडौँ, २५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको ध्येय भ्रष्टाचार न्यूनीकरण गर्नुरहेको बताउनुभएको छ । उहाँले भन्नुभयो,“म भ्रष्टाचार गर्दिन, गरेको पनि सहन्न, आफ्नो कार्यकालमा देशलाई भ्रष्टाचारमुक्त बनाउँछु ।” नेपालको सबैभन्दा पुरानो र जेठो अस्पताल वीर अस्पतालको गुरुयोजनाअन्तर्गत वीर अस्पताल सर्जिकल भवनको आज यहाँ शिलान्यास गर्दै आर्थिक समृद्धिसहितको गतिशील विकासको यात्रा शुरु भएको उल्लेख गर्नुभयो । “मैले सुनेको छु, एउटा पुलको ११ पटक शिलान्यास भयो, अब यस्तो दिन समाप्त भयो, समयसीमाभित्र हरेक योजना तथा काम सम्पन्न गर्नैपर्छ, सीमाभित्र काम सम्पन्न नगर्नेमाथि कारबाही हुन्छ, अनुगमनमाथि अनुगमन हुन्छ” प्रधामन्त्री ओलीले भन्नुभयो । विसं २०७७ भित्र मैले शिलान्यास गरेको भवन निर्माण सम्पन्न हुनैपर्नेमा जोड दिँदै उहाँले समयभित्र भवन निर्माण सम्पन्न गराउन आफूले नयाँ परम्परा बसाल्ने
देव गुरुङ माआवादीको प्रमुख सचेतक

देव गुरुङ माआवादीको प्रमुख सचेतक

राजनीति
काठमाडौं,२५ फागुन : नेकपा माओवादी केन्द्रले सांसद् देव गुरुङलाई प्रतिनिधि सभाको प्रमुख सचेतक बनाउने निर्णय गरेको छ । शुक्रबार बिहान बसेका बैठकले सभामुखका दाबेदार रहेका गुरुङलाई प्रमुख सचेतक बनाउने निर्णय गरेको हो । सोही बैठकले कृष्णबहादुर महरालाई सभामुख बनाउने निर्णय गरेको छ । गुरुङ २०६४ सालको पुष्पकमल दाहालको सरकारमा कानुनमन्त्री भएका थिए । पछि बैद्य समुहमा लागेका गुरुङ गृहमन्त्री रामबहादुर थापा‘बादल’ सँगै माओवादी केन्द्रमा फर्किएका हुन् । गुरुङ लमजुङबाट प्रतिनिधि सभामा निर्वाचित भएका हुन् ।
कृष्णबहादुर महरा सभामुख बन्ने पक्का, माओवादीले ग-यो निर्णय

कृष्णबहादुर महरा सभामुख बन्ने पक्का, माओवादीले ग-यो निर्णय

राजनीति
काठमाडौं,२५ फागुन : नेकपा माओवादी केन्द्रले सभामुखमा नेता कृष्णबहादुर महरालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । शुक्रबार बिहान बसेको बैठकले नेता महरालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । वामगठबन्धनको प्रतिनिधि सभामा बहुमत रहेकाले महरा सभामुख बन्ने पक्का भएको छ । प्रतिनिधि सभाको २७५ मा एमालेको १२१ र माओवादीको ५३ गरी वाम गठनबन्धनको १७४ सिट छ । कांग्रेसले सभामुखमा उम्मेदवारी दिने वा नदिने निर्णय गरिसकेका छैन । शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ता हुने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । सचिवालयले निकालेको कार्यतालिका अनुसार दिउँसो १ः३० बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्नेछ भने शनिबार १ बजे मतदान हुनेछ ।
प्रदेश ५ विकासको गतिमा, विश्व बैंकलाई गर्यो यस्तो आग्रह

प्रदेश ५ विकासको गतिमा, विश्व बैंकलाई गर्यो यस्तो आग्रह

अन्तर्राष्ट्रिय, अर्थ / व्यापार, खेलकुद, चलचित्र/मनोरञ्जन, नागरिक बिचार, फोटो फिचर, मुख्य समाचार, राजनीति, स्वास्थ्य
बुटवल, २५ फागुन । पाँच नम्बर प्रदेश सरकारले कानुन निर्माण र पूर्वाधार विकासमा लगानी गर्न विश्व बैंकलाई आग्रह गरेको छ । प्रदेश भित्र लगानीका क्षेत्र पहिल्याउन सुझाव संलकनमा रहेको विश्व बैंकलाई मुख्यमन्त्री तथा सांसदहरुले जनस्तरमा पुग्ने काममा लगानी गरेर चार वर्षभित्र नतिजा दिने काम गर्न सुझाव दिए । शुक्रबार बुटवलमा भएको छलफलमा बोल्दै मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशलाई तत्काल कानुन निर्माण आवश्यक भएकाले त्यसमा सहयोग गर्न विश्वबैंकलाई आग्रह गरे । जलस्रोतको प्रयोग, कृषिमा व्यवसायिकरण, पर्यटन पूर्वाधार विकास तथा कानुन निर्माणमा पैरवी लगायतमा लगानी गर्न उनले सुझाव दिए । प्रदेश पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले प्रदेश नम्बर ५ मा पर्यटन, उद्योगको सम्भावना रहेकाले जनताको जीवनस्तर परिवर्तन हुने गरी पूर्वाधार विकासमा लगानी गर्न बैंकलाई आग्रह गरे । तराई र पहाडी भु–भागको समुचित विकासका लागि दातृ
तिलोत्तमा नगरपालिकाको टोली अर्थमन्त्रालयमा

तिलोत्तमा नगरपालिकाको टोली अर्थमन्त्रालयमा

अन्तर्राष्ट्रिय, अर्थ / व्यापार, खेलकुद, चलचित्र/मनोरञ्जन, नागरिक बिचार, प्रविधि, फोटो फिचर, मुख्य समाचार, राजनीति, समाज, स्वास्थ्य
तिलोत्तमा, २५ फागुन । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रतिनिधि टोलीले बिहीबार अर्थमन्त्री डा. युवराज खतिवडासँग भेट गरेको छ । भेटका क्रममा टोलीले तिलोत्तमा नगरपालिकामा अघि सारिएका विकासका ठूला आयोजनाका बारेमा अर्थमन्त्री खतिवडालाई जानकारी गराएको छ । रुपन्देही क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य घनश्याम भुसाल सहितको टोलीले अर्थमन्त्री खतिवडालाई अर्थमन्त्रालयमा भेट गरेको हो । भेटका क्रममा टोलीले ठूला विकासका आयोजना निर्माणमा सहयोग जुटाइदिन अर्थमन्त्री खतिवडालाई आग्रह गरेको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिए । नगरपालिकाका विभिन्न काम लिएर काठमाडौं पुगेको टोलीमा नगर प्रमुख बासुदेव घिमिरे, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, कार्यपालिका सदस्य तथा प्रवक्ता सुरेन्द्र श्री, प्रेस सल्लाहकार बीपी गौतम, नगर प्रमुखका स्वकीय सचिव विष्णुप्रसाद अर्याल छन् । भेटमा नगर प्रमुख घिमिरेले नगर