मुख्य समाचार

main news

पूर्णवहादुर महताराले किन छोडे नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा ?

पूर्णवहादुर महताराले किन छोडे नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा ?

अर्थ / व्यापार, चलचित्र/मनोरञ्जन, फोटो फिचर, मुख्य समाचार, समाज, स्वास्थ्य
काठमाडौं,२६ फागुन : नेपाली जनताले प्राप्त गरेका अधिकार संस्थागत गर्नका लागि शान्तिपूर्ण वातावरणको खाँचो भएको भन्दै नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपाका एक कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । युद्ध र संकट कालले थिलथिलो भएको देशलाई वर्तमान अवस्थामा शान्तिपूर्ण राजनीतिले मात्र मल्हम लगाउन र विकास गर्न सक्ने बताउँदै गुुलरिया –२, बर्दियाका पूर्णवहादुर महतारा ‘विचार’ले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । विज्ञप्ती निकालेर महताराले विप्लव छोडेको घोषणा गरेका हुन् । ‘देशको आर्थिक समृद्धि, सुशासन र शान्ति तथा स्थायित्वका लागि नेपाली जनताको एकताको खाँचो छ । त्यसैले यही कुरालाई सम्झिदै मैले आजकै मितिदेखि नेकपा (विप्लव) समूहको साधारण सदस्य नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेको छु ।’ महताराले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । महतराले विप्लव समूह परित्याग गरी आउँदा दिनहरुमा
प्रदेश ५ विकासको गतिमा, विश्व बैंकलाई गर्यो यस्तो आग्रह

प्रदेश ५ विकासको गतिमा, विश्व बैंकलाई गर्यो यस्तो आग्रह

अन्तर्राष्ट्रिय, अर्थ / व्यापार, खेलकुद, चलचित्र/मनोरञ्जन, नागरिक बिचार, फोटो फिचर, मुख्य समाचार, राजनीति, स्वास्थ्य
बुटवल, २५ फागुन । पाँच नम्बर प्रदेश सरकारले कानुन निर्माण र पूर्वाधार विकासमा लगानी गर्न विश्व बैंकलाई आग्रह गरेको छ । प्रदेश भित्र लगानीका क्षेत्र पहिल्याउन सुझाव संलकनमा रहेको विश्व बैंकलाई मुख्यमन्त्री तथा सांसदहरुले जनस्तरमा पुग्ने काममा लगानी गरेर चार वर्षभित्र नतिजा दिने काम गर्न सुझाव दिए । शुक्रबार बुटवलमा भएको छलफलमा बोल्दै मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशलाई तत्काल कानुन निर्माण आवश्यक भएकाले त्यसमा सहयोग गर्न विश्वबैंकलाई आग्रह गरे । जलस्रोतको प्रयोग, कृषिमा व्यवसायिकरण, पर्यटन पूर्वाधार विकास तथा कानुन निर्माणमा पैरवी लगायतमा लगानी गर्न उनले सुझाव दिए । प्रदेश पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले प्रदेश नम्बर ५ मा पर्यटन, उद्योगको सम्भावना रहेकाले जनताको जीवनस्तर परिवर्तन हुने गरी पूर्वाधार विकासमा लगानी गर्न बैंकलाई आग्रह गरे । तराई र पहाडी भु–भागको समुचित विकासका लागि दातृ
तिलोत्तमा नगरपालिकाको टोली अर्थमन्त्रालयमा

तिलोत्तमा नगरपालिकाको टोली अर्थमन्त्रालयमा

अन्तर्राष्ट्रिय, अर्थ / व्यापार, खेलकुद, चलचित्र/मनोरञ्जन, नागरिक बिचार, प्रविधि, फोटो फिचर, मुख्य समाचार, राजनीति, समाज, स्वास्थ्य
तिलोत्तमा, २५ फागुन । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रतिनिधि टोलीले बिहीबार अर्थमन्त्री डा. युवराज खतिवडासँग भेट गरेको छ । भेटका क्रममा टोलीले तिलोत्तमा नगरपालिकामा अघि सारिएका विकासका ठूला आयोजनाका बारेमा अर्थमन्त्री खतिवडालाई जानकारी गराएको छ । रुपन्देही क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य घनश्याम भुसाल सहितको टोलीले अर्थमन्त्री खतिवडालाई अर्थमन्त्रालयमा भेट गरेको हो । भेटका क्रममा टोलीले ठूला विकासका आयोजना निर्माणमा सहयोग जुटाइदिन अर्थमन्त्री खतिवडालाई आग्रह गरेको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिए । नगरपालिकाका विभिन्न काम लिएर काठमाडौं पुगेको टोलीमा नगर प्रमुख बासुदेव घिमिरे, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, कार्यपालिका सदस्य तथा प्रवक्ता सुरेन्द्र श्री, प्रेस सल्लाहकार बीपी गौतम, नगर प्रमुखका स्वकीय सचिव विष्णुप्रसाद अर्याल छन् । भेटमा नगर प्रमुख घिमिरेले नगर