अन्तर्राष्ट्रिय

international news

सुकीबाट नेपाल र म्यान्मार व्यापारमा जोड

अन्तर्राष्ट्रिय, मुख्य समाचार, राजनीति
काठमाडौँ, १३ मङ्सिर । म्यान्मारका स्टेट काउन्सिलर आङसाङ सुकीले नेपाल र म्यान्मारबीच व्यापार सम्बन्धलाई प्रवद्र्धन गर्नुपर्ने बताउनुभएको छ । नेपाल चेम्बर्स अफ कमर्शले स्थानीय भृकुटीमण्डपमा आयोजना गरेको ‘नेपाल चेम्बर एक्स्पो–१८’लाई विशिष्ट अतिथिका रुपमा सम्बोधन गर्दै उहाँले दुवै मुलुकमा मानव संसाधनको उपयोग गरी आर्थिक विकास र समृद्धिका गतिविधि सञ्चालन गर्न सकिने बताउनुभयो । नेत्री सुकीले नेपाली उद्यमीलाई म्यान्मारमा लगानी गर्न आग्रह गर्दै कृषि, जलविद्युत्, प्रविधिलगायत क्षेत्रमा लगानी वृद्धि गरी अर्थतन्त्रलाई बलियो बनाउन सकिने विचार व्यक्त गर्नुभयो । अर्काे प्रसङ्गमा नेत्री सुकीले नेपालसँग आफ्नो पुरानो भावनात्मक सम्बन्ध रहेको बताउँदै आफूले नेपाल र नेपालीलाई सदैव सम्मान र माया गर्ने बताउनुभयो ।
योङ ब्वाइज माथि संघर्षपूर्ण जित निकाल्दैं म्यानचेष्टर युनाइटेड पनि अन्तिम १६ मा

योङ ब्वाइज माथि संघर्षपूर्ण जित निकाल्दैं म्यानचेष्टर युनाइटेड पनि अन्तिम १६ मा

अन्तर्राष्ट्रिय, खेलकुद
काठमाडौं, १२ मंसिर । (एजेन्सी) – युइएफए च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले स्वीस क्लब योङ ब्वाइजमाथि १–० को संघर्षपुर्ण जित निकालेको छ । घरेलु मैदान ओल्ड ट्राफोर्डमा मंगलबार राति भएको खेलमा मरौउने फेलियानीले इन्जरी समयमा गोल गरेपछि युनाइटेडले योङ ब्वाइजमाथि संघर्षपूर्ण जित निकालेको हो । फेलियानीले इन्जुरी समयको थप गरिएको पहिलो मिनेटमा रोमेलु लुकाकुको पासमा गोल गरेका थिए । बलमा पकड जमाएपनि युनाइटेडले गोलका केही सुन्दर मौकाहरु खेर फालेको थियो । योङ ब्वाइजले पनि केही मौकाहरु खेर फालेको थियो । महत्वपूर्ण जितसँगै युनाइटेड च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलमा पुग्न सफल भएको छ । युनाइटेड समूह ‘एच’ को उपविजेता बन्दै नकआउट चरणका पुग्न सफल भएको हो । यो समूहबाट युभेन्टस समूह विजेताको रुपमा प्रि–क्वाटर फाइनलमा प्रवेश गरेको छ । viagra patent.
‘द कपिल शर्मा शो’ फेरि प्रशारण हुने

‘द कपिल शर्मा शो’ फेरि प्रशारण हुने

अन्तर्राष्ट्रिय, चलचित्र/मनोरञ्जन
काठमाडौं, १२ मंसिर । भारतको चर्चित रियालिटि शो ‘द कपिल शर्मा शो’ फेरि प्रशारण हुने भएको छ । सोनी टिभीबाट प्रशारण हुँदै आएको ‘द कपिल शर्मा शो’ डिसेम्बरको अन्तबाट प्रशारण हुनेछ । कपिल शार्मा र सुनिल ग्रोवरबीचको विवादका कारण शो बन्द भएको थियो । अब भने पुनः यो शो सोनी टिभीबाट प्रशारण हुनेछ । जहाँ बलिउड सेलिबे्रटीको साथमा कपिल शर्माको कमेडि पञ्च देख्न सकिनेछ । शोमा किकु शारदा, चन्दन प्रभाकर, सुमोना चक्रवती लगायतका कमेडियनहरु देखिनेछन् । यसअघि शोबाट बाहिरिएका अलि सागर, सुगन्धा मिश्रा र सुनिल ग्रोवरलाई भने शोमा देख्न पाइनेछैन् । सोनी टिभीले द कपिल शर्मा शोको टिजर पनि सार्वजनिक गरेको छ । india drugs without scripts overnight.
काबुलमा आत्मघाती हमला ४० को मृत्‍यु

काबुलमा आत्मघाती हमला ४० को मृत्‍यु

अन्तर्राष्ट्रिय
काबुल,४ मङ्सीर । अफगानिस्तानको राजाधानी काबुलमा आत्मघाती आक्रमण हुँदा ४० जनाको ज्यान गएको छ । पैगंबर मोहम्मदको जन्म दिनमा आयोजित सो कार्यक्रममा धर्मगुरुहरुलाई लक्ष्य गरी उक्त आक्रमण भएको श्रोत ले जनाएको छ । effexor xr on line. प्रारम्भिक विवरणहरूका अनुसार एकजना आत्मघाती हमलाकारीले सो विस्फोट गराएकोतर्फ संकेत गरेको एकजना सरकारी प्रवक्ताले बताए । विस्फोट भएका बेला उक्त हलमा कम्तीमा एक हजार मानिसहरू भएको प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै तोलो समाचार संस्थाले बताएको छ।अहिलेसम्म कुनै समूहले हमलाको जिम्मा लिएका छैनन् । अफगानिस्तानमा तालेबान तथा इस्लामिक स्टेट लडाकु समूहले नियमितजसो बम हमलाहरू गर्दै आएका छन्।
रणबीर र दीपिका विवाह गरे पछी फर्किदा एयरपोर्ट लाग्यो भिड

रणबीर र दीपिका विवाह गरे पछी फर्किदा एयरपोर्ट लाग्यो भिड

अन्तर्राष्ट्रिय, चलचित्र/मनोरञ्जन
मुम्बई,२ मङ्सिर । बलिउडका नवविवाहित जोडी रणबीर सिंह र दीपिका पादुकोण आइतबार बिहान मुम्बई फर्किएका छन् । यी जोडी बिहान ८ बजे एयरपोर्ट पुग्ने खबर सार्वजनिक भएपछि हेर्ने दर्शक फ्यानहरुले बिहान ६ बजे देखी नै प्रतिक्षा गरिरहेका थिए । सिल्क कुर्ता र रातो रङको भारी सल ओढेकी दीपिकाले सिन्दुर र चुरा लगाएकी थिइन् । यी दुईको इटलीको लेक कोमोमा १४–१५ नोभेम्बरमा विवाह भएको हो । cialis in shanghai.
माल्दिव्सका नवनिर्वाचित राष्ट्रपतिको सपथ ग्रहणमा उपस्थित हुने काे हुन यी नेपाली ?

माल्दिव्सका नवनिर्वाचित राष्ट्रपतिको सपथ ग्रहणमा उपस्थित हुने काे हुन यी नेपाली ?

अन्तर्राष्ट्रिय, राजनीति
माल्दिव्स,२ मङ्सिर । पब्लिक इनोवेटर ई. कँडेल माल्दिव्सको राष्ट्रपतिय सपथ ग्रहणमा उपस्थित भएका छन । शनिबार आयोजित कार्यक्रममा सहभागी भई नवनिर्वाचितराष्ट्रपति ईब्रहाइम मोहम्मद सल्लह तथा उपराष्ट्रपति फैसले नसीमलाई सफल कार्यकालको लागि शुभकामना दिएका छन् । कँडेलका अनुसार यही अक्टोबर १७ तरिक ५ बजे माल्दिव्सको माले शहरमा राष्ट्रपतिय सपथ ग्रहण समरोह भएको हो । २९ सेप्टेम्बर २०१८ मा माल्दिव्सको निर्वाचन आयोगले आधिकारिक रूपमा विपक्षी नेता इब्राहिम मोहम्मद सोलिह र फैसले नसीम लाई क्रमश: राष्ट्रपति तथा उपराष्ट्रपति पदमा निरवाचित भएको घोशणा गरेको थियो । कँडेलले माल्दिव्स सरकारसँग नागरिक उड्ययन क्षेत्रको विकास र स्तरोन्नतीलाई प्राथमिकता दिदै अगाडि बढ्ने ईच्छा व्यक्त गरेका छन् । उनले भने, ‘यो कुरा मैले स्वयम् नवनिर्वा्चित राष्ट्रपति ईब्रहाइमलाई भेटेर अन्तर्रा्ष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले माल्दि
नर्वेका कलाकारहरुबाट नेपाली गीतलाई भ्वाइलिनमा संगीत भर्दा भिडियो सहित :-

नर्वेका कलाकारहरुबाट नेपाली गीतलाई भ्वाइलिनमा संगीत भर्दा भिडियो सहित :-

अन्तर्राष्ट्रिय, चलचित्र/मनोरञ्जन
काठमाण्डौं । नर्वेका कलाकारहरुबाट नेपाली गीत "देशले रगत मागे मलाई बली चढाउनु" गीतलाई भ्वाइलिनमा संगीत भर्दा, भिडियो सहित :- 
नेप्लिज कम्युनिटी सोसाइटी अफ क्यालगरीको अध्यक्षमा धुव्र राई

नेप्लिज कम्युनिटी सोसाइटी अफ क्यालगरीको अध्यक्षमा धुव्र राई

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं, २ वैशाख । क्यानडामा रहेका नेपालीहरुको संगठन नेप्लिज कम्युनिटी सोसाइटी अफ क्यालगरीको अध्यक्षमा धुव्र राई निर्विरोध निर्वाचित भएका छन । दुई साता अघि भएको अधिवेशनवाट राई पुन निर्वाचित भएका हुन् । संगठनको चौधौ अधिवेशनले राइलाई आगामी २ बर्षका लागि दोस्रो पटक अध्यक्षमा निर्वाचित गरेको हो । अधिवेशनले सचिवमा श्रीकान्त अर्याल, सहसचिवमा राजेश शर्मा, कार्यक्रम संयोजकमा नारायण भण्डारीलाई निर्वाचित गरेको छ । महाधिवेशनले कोषाध्यक्षमा घनेन्द्र न्यौपानेलाई निर्वाचित गरेको छ भने मिडिया संयोजकमा दिपेन्द्र भण्डारीलाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा बुद्धि अधिकारी, नारायण तिवारी, जगत खड्का र सुवर्ण विक्रम मल्ल निर्विरोध निर्वाचित भएका छन । संस्थाको आगामी कार्यकालका लागि भएको उपाध्यक्ष पदको निर्वाचनमा समिर पाण्डे विजयी भएका छन । अधिवेशनमा महिलाहरु निर्वाचित नभएको भन्दै संगठनका केही महिलाहरुले गु
ठकुरी सहयोग सञ्जाल यु.ए.ई. को अध्यक्षमा भिम बहादुर मल्ल निर्वाचित

ठकुरी सहयोग सञ्जाल यु.ए.ई. को अध्यक्षमा भिम बहादुर मल्ल निर्वाचित

अन्तर्राष्ट्रिय, मुख्य समाचार
 यु.ए.ई, बैशाख २ । विश्व ठकुरी समुदायको साझा थलो ठकुरी सहयोग सञ्जालको संयुक्त अरब इमिरेट्स शाखाको अध्यक्षमा पाल्पाका भिम बहादुर मल्ल निर्वाचित भएका छन् । हिजो शुक्रबार दुबई स्थित बरदुबईमा भएको सञ्जालको प्रथम अधिवेशनले मल्ललाई सर्वसम्मत निर्वाचित गरेको हो । काठमाण्डौमा केन्द्रिय कार्यलय रहेको ठकुरी सहयोग सञ्जालले विश्व भरिका ठकुरीहरुलाई एकिकृत गर्ने उद्देश्यले देशका जिल्ला तथा ठकुरीहरुको बस्ती रहेका प्रवासमा समेत शाखा विस्तार गर्दै आइरहेको छ । यु.ए.ई. शाखा, प्रवासको दोस्रो शाखा हो , यस अघि ठकुरी सहयोग सञ्जाल कतारको स्थापना भैसकेको छ । यु.ए.ई.मा रोजगारको शिलशिलामा करिब तीन सय ठकुरी रहेको जानकारी नवनिर्वाचित अध्यक्ष मल्लले दिए । यु.ए.ई. को नवनिर्वाचित कार्यसमिती २२ सदस्यि रहेको छ । बरिष्ठ उपाध्यक्षमा कोहलपुरका दिपक शाही निर्वाचित भएकाछन् । उपाध्क्षहरुमा सि.एन. चन्द र दिनेश मल्ल ठकुरी, त्य
‘नेपाली समाज टेक्सस’ले नयाँ बर्षमा अमेरिकामा गर्ने भयो नेपालीहरुको कुम्भ मेला ।

‘नेपाली समाज टेक्सस’ले नयाँ बर्षमा अमेरिकामा गर्ने भयो नेपालीहरुको कुम्भ मेला ।

अन्तर्राष्ट्रिय, मुख्य समाचार
टेक्सस, २७ चैत्र । अमेरीकाको टेक्ससमा रहेका नेपालीहरुको संस्था ‘नेप्लिज सोसाइटी अफ टेक्सस’ले नेपाली नयाँ बर्षको शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएको छ । २००० हजार क्षमता भएको लोन स्टार पार्क मा गर्न लागिएको भब्य मेलामा नेपालका चर्चित कलाकारहरुको सहभागीता रहने सो संस्थाका महासचिव भक्त बहादुर भन्डारी ले बताए । उक्त कार्यक्रममा भाग लिन लोक दोहरीका चर्चित कलाकार बिमल डांगी, संगीता थापा मगर, डि.जे प्रसान्त, डि.जे मो मो, डि.जे सुसान्त ,डी.जे विश्व का साथै फिरोज स्याङदेन द ब्यान्ड र सञ्जय बैध्य को पनि प्रस्तुती रहने महासचिव भण्डारीले बताए । उक्त मेलामा बच्चाहरुको लागि बिशेष कार्यक्रम नेपाली खानाका स्टलहरु, बिभिन्न सामाग्रीका बुथहरु साथै स्थानिय कलाकारहरुको प्रस्तुती रहने पनि बताए । नेपाली समाज टेक्ससले स्थापना भएदेखी पहिलो पल्ट यती ठुलो कार्यक्रमको आयोजना गर्न लागेको महासचिव भक्त बहादुर भण