Author: suchanapati

बिबाह गर्दै दीपिका र रणवीर, सपिङका लागि दीपिका उडिन् लण्डन

बिबाह गर्दै दीपिका र रणवीर, सपिङका लागि दीपिका उडिन् लण्डन

अन्तर्राष्ट्रिय, चलचित्र/मनोरञ्जन, फोटो फिचर, समाज
मुम्बई, २४ फागुन । अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंह बलिउडका बेष्ट जोडी मध्यका एक हुन् । यो जोडी अब बिबाह बन्धनमा बाँधिने छन् । अहिले खबर बाहिर आएको छ कि यी दुबैका आमाबुबाले ३,४ महिना भित्र बिबाह गर्ने निणर्य गरेका छन् । रणवीरसँग दीपिकाको बिबाहको कुरो टुङ्गो लगाउन दीपिकाको आमाबुबा गतहप्ता बैंङ्लरबाट मुम्बई आएका थिए । दुबैको आमाबुबाले बिबाहको मिति पनि मिलेर टुङ्गो लगाएका छन् । बिबाह मिटिङ दीपिकाको घर ‘प्रभादेवी’मा भएको थियो । मिटिङको समय रणवीर र दीपिका सबै परिवारका साथमा सहभागी थिए । दीपिका र रणवीरले बिदेशमा बिबाह गर्ने इच्छा ब्यक्त गरेका थिए । तर दुबैको परिवारले इच्छा मुम्बईमा बिबाह समारोह राख्ने रहेको छ । समाचारमा उल्लेख भए अनुसार यी दुबैको बिबाह साउथ इन्डियन रितिरिवाज अनुसार हुनेछ । बिबाह पछि दुबैले रिसेप्सन पार्टी राख्ने योजना समेत बनाएका छन् । बिबाह टुङ्गो लाग्ने बितिकै
विश्वकप क्रिकेट छनोट : नेपाल आज चिर प्रतिद्वन्द्धी अफगानिस्तानसँग खेल्दै, जित्नैपर्ने चुनौती

विश्वकप क्रिकेट छनोट : नेपाल आज चिर प्रतिद्वन्द्धी अफगानिस्तानसँग खेल्दै, जित्नैपर्ने चुनौती

खेलकुद, चलचित्र/मनोरञ्जन, प्रविधि
काठमाडौं, २६ फागुन । क्रिकेटमा नेपालको भेट फेरि एकपटक चीर प्रतिद्वन्दि देश अफगानिस्तानसँग हुँदैछ । शनिबार जिम्बाबेको बुलावायोस्थित एथ्लेटिक क्लबको मैदानमा आमनेसामने हुँदा दुवै देशलाई जित्नैपर्ने दवाव हुनेछ । तर यो दवाव नेपाललाई धेरै हुनेछ । प्रतियोगितामा यसअघिका दुवै खेल हारेको नेपाललाई आजको खेल जित्दै सुपरसिक्सको सम्भावना कायमै राख्नुपर्ने चुनौती छ । त्यसो त यसअघिका तीनै खेल हारेको अफगानिस्तानलाई पनि आज कम दवाव भने हुने छैन । प्रतियोगिताकै उपाधि विजेताका रुपमा चर्चा बटुलेर जिम्बाबे पुगेको अफगानिस्तान समूह चरणका सबै खेल हारेर घर फर्किन चाहदैन र यसका लागि आज उसलाई अन्तिम अवसर प्राप्त हुनेछ । त्यसो त सुपरसिक्समा पुग्ने अफगानिस्तानको गणितीय सम्भावना पनि बाँकी नै छ । अफगानिस्तानले नेपाललाई हराएमा, हङकङ जिम्बावेसँग पराजित भएमा र नेपालले हङकङलाइ हराएमा समूह ‘बी’ बाट सुपरसिक्समा पुग्ने तेस्रो
बहुमुल्य सालकको खपटा तस्करी : होटलबाट दुई जना प्रहरी नियन्त्रणमा

बहुमुल्य सालकको खपटा तस्करी : होटलबाट दुई जना प्रहरी नियन्त्रणमा

अन्तर्राष्ट्रिय, अर्थ / व्यापार, चलचित्र/मनोरञ्जन, नागरिक बिचार, फोटो फिचर, स्वास्थ्य
नेपालगन्ज,२६ फागुन : प्रहरीले पाँच किलोग्राम सालकको खपटा तस्करी गर्ने दुई जनालाई पक्राउ गरेका छ । नेपालगन्ज– २ स्थित ग्रिन प्यालेस होटलमा खरिद विक्रि भईरहेको भन्ने सुचनाको आधारमा खटिएको प्रहरी टोलीले हुम्ला सिमिकोट गाँऊपालिका – २ का वन छिरिङ लामा र बाँके राप्ती सोनारी – २ का सुजितजंग शाहलाई पक्राउ गरेको छ । चेकजाँच गर्दा लामाको साथमा रहेको ३ किलो ४०० ग्राम सालकको खपटा, तौल गर्ने तराजु, र शाहको साथमा रहेको १ किलो ५०० ग्राम सालकको खपटा सहित फेला पारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । बरामद सालकको खपटा सहित लामा र शाहलाई आवश्यक कारबाहीको लागि जिल्ला वन कार्यालय बाँकेमा बुझाईएको छ । सालकको खपटा पाइल्सको औषधिसँगै अन्य औषधि बनाउने प्रयोजनमा प्रयोग हुँदै आएको छ। टाँक बनाउन पनि खपटा प्रयोग गर्छन्। एसिया र अफ्रिकामा सबैभन्दा बढी मारिने र व्यापार हुने जनावरको सूचीमा सालक अग्
पूर्णवहादुर महताराले किन छोडे नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा ?

पूर्णवहादुर महताराले किन छोडे नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा ?

अर्थ / व्यापार, चलचित्र/मनोरञ्जन, फोटो फिचर, मुख्य समाचार, समाज, स्वास्थ्य
काठमाडौं,२६ फागुन : नेपाली जनताले प्राप्त गरेका अधिकार संस्थागत गर्नका लागि शान्तिपूर्ण वातावरणको खाँचो भएको भन्दै नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपाका एक कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । युद्ध र संकट कालले थिलथिलो भएको देशलाई वर्तमान अवस्थामा शान्तिपूर्ण राजनीतिले मात्र मल्हम लगाउन र विकास गर्न सक्ने बताउँदै गुुलरिया –२, बर्दियाका पूर्णवहादुर महतारा ‘विचार’ले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । विज्ञप्ती निकालेर महताराले विप्लव छोडेको घोषणा गरेका हुन् । ‘देशको आर्थिक समृद्धि, सुशासन र शान्ति तथा स्थायित्वका लागि नेपाली जनताको एकताको खाँचो छ । त्यसैले यही कुरालाई सम्झिदै मैले आजकै मितिदेखि नेकपा (विप्लव) समूहको साधारण सदस्य नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेको छु ।’ महताराले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । महतराले विप्लव समूह परित्याग गरी आउँदा दिनहरुमा
भारतले यस कारण गर्दैछ नेपाल तर्फको सिमाना बन्द

भारतले यस कारण गर्दैछ नेपाल तर्फको सिमाना बन्द

अर्थ / व्यापार, खेलकुद
विराटनगर, २५ फागुन । विहार राज्यको अररिया जिल्लामा हुने उपनिर्वाचनका लागि भारतले नेपाल तर्फको सीमा ४८ घण्टाका बन्द गर्ने भएको छ । आइतबार हुने उपनिर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै अररिया जिल्लासंग जोडिएका मोरङ र सुनसरी जिल्लाका नाका शुक्रवार साँझबाट बन्द गरीने भारतले जनाएको छ । आइतबार साँझ ६ बजेसम्मको लागि नेपाल भारत सिमाना बन्द गरिने भएको छ । उपनिर्वाचनको सुरक्षालाई लक्षित गरी नेपाल तर्फको प्रशासनलाई सीमा बन्दको लागि भारतीय पक्षले आग्रह गरेको छ । भारतको आग्रहमा शुक्रबार साँझ ६ बजेदेखि अररिया जिल्लासम्म जोडिएका नेपालतर्फका मोरङ र सुनसरी जिल्लाका सीमा बन्द गरिने मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिए । नेपाल तर्फको सीमा बन्द भएपछि आवत जावतमा पूर्ण बन्देज हुनेछ ।
म भ्रष्टाचार गर्दिन, गरेको पनि सहन्न : प्रधानमन्त्री ओली

म भ्रष्टाचार गर्दिन, गरेको पनि सहन्न : प्रधानमन्त्री ओली

राजनीति
काठमाडौँ, २५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको ध्येय भ्रष्टाचार न्यूनीकरण गर्नुरहेको बताउनुभएको छ । उहाँले भन्नुभयो,“म भ्रष्टाचार गर्दिन, गरेको पनि सहन्न, आफ्नो कार्यकालमा देशलाई भ्रष्टाचारमुक्त बनाउँछु ।” नेपालको सबैभन्दा पुरानो र जेठो अस्पताल वीर अस्पतालको गुरुयोजनाअन्तर्गत वीर अस्पताल सर्जिकल भवनको आज यहाँ शिलान्यास गर्दै आर्थिक समृद्धिसहितको गतिशील विकासको यात्रा शुरु भएको उल्लेख गर्नुभयो । “मैले सुनेको छु, एउटा पुलको ११ पटक शिलान्यास भयो, अब यस्तो दिन समाप्त भयो, समयसीमाभित्र हरेक योजना तथा काम सम्पन्न गर्नैपर्छ, सीमाभित्र काम सम्पन्न नगर्नेमाथि कारबाही हुन्छ, अनुगमनमाथि अनुगमन हुन्छ” प्रधामन्त्री ओलीले भन्नुभयो । विसं २०७७ भित्र मैले शिलान्यास गरेको भवन निर्माण सम्पन्न हुनैपर्नेमा जोड दिँदै उहाँले समयभित्र भवन निर्माण सम्पन्न गराउन आफूले नयाँ परम्परा बसाल्ने
देव गुरुङ माआवादीको प्रमुख सचेतक

देव गुरुङ माआवादीको प्रमुख सचेतक

राजनीति
काठमाडौं,२५ फागुन : नेकपा माओवादी केन्द्रले सांसद् देव गुरुङलाई प्रतिनिधि सभाको प्रमुख सचेतक बनाउने निर्णय गरेको छ । शुक्रबार बिहान बसेका बैठकले सभामुखका दाबेदार रहेका गुरुङलाई प्रमुख सचेतक बनाउने निर्णय गरेको हो । सोही बैठकले कृष्णबहादुर महरालाई सभामुख बनाउने निर्णय गरेको छ । गुरुङ २०६४ सालको पुष्पकमल दाहालको सरकारमा कानुनमन्त्री भएका थिए । पछि बैद्य समुहमा लागेका गुरुङ गृहमन्त्री रामबहादुर थापा‘बादल’ सँगै माओवादी केन्द्रमा फर्किएका हुन् । गुरुङ लमजुङबाट प्रतिनिधि सभामा निर्वाचित भएका हुन् ।
कृष्णबहादुर महरा सभामुख बन्ने पक्का, माओवादीले ग-यो निर्णय

कृष्णबहादुर महरा सभामुख बन्ने पक्का, माओवादीले ग-यो निर्णय

राजनीति
काठमाडौं,२५ फागुन : नेकपा माओवादी केन्द्रले सभामुखमा नेता कृष्णबहादुर महरालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । शुक्रबार बिहान बसेको बैठकले नेता महरालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । वामगठबन्धनको प्रतिनिधि सभामा बहुमत रहेकाले महरा सभामुख बन्ने पक्का भएको छ । प्रतिनिधि सभाको २७५ मा एमालेको १२१ र माओवादीको ५३ गरी वाम गठनबन्धनको १७४ सिट छ । कांग्रेसले सभामुखमा उम्मेदवारी दिने वा नदिने निर्णय गरिसकेका छैन । शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ता हुने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । सचिवालयले निकालेको कार्यतालिका अनुसार दिउँसो १ः३० बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्नेछ भने शनिबार १ बजे मतदान हुनेछ ।
प्रदेश ५ विकासको गतिमा, विश्व बैंकलाई गर्यो यस्तो आग्रह

प्रदेश ५ विकासको गतिमा, विश्व बैंकलाई गर्यो यस्तो आग्रह

अन्तर्राष्ट्रिय, अर्थ / व्यापार, खेलकुद, चलचित्र/मनोरञ्जन, नागरिक बिचार, फोटो फिचर, मुख्य समाचार, राजनीति, स्वास्थ्य
बुटवल, २५ फागुन । पाँच नम्बर प्रदेश सरकारले कानुन निर्माण र पूर्वाधार विकासमा लगानी गर्न विश्व बैंकलाई आग्रह गरेको छ । प्रदेश भित्र लगानीका क्षेत्र पहिल्याउन सुझाव संलकनमा रहेको विश्व बैंकलाई मुख्यमन्त्री तथा सांसदहरुले जनस्तरमा पुग्ने काममा लगानी गरेर चार वर्षभित्र नतिजा दिने काम गर्न सुझाव दिए । शुक्रबार बुटवलमा भएको छलफलमा बोल्दै मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशलाई तत्काल कानुन निर्माण आवश्यक भएकाले त्यसमा सहयोग गर्न विश्वबैंकलाई आग्रह गरे । जलस्रोतको प्रयोग, कृषिमा व्यवसायिकरण, पर्यटन पूर्वाधार विकास तथा कानुन निर्माणमा पैरवी लगायतमा लगानी गर्न उनले सुझाव दिए । प्रदेश पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले प्रदेश नम्बर ५ मा पर्यटन, उद्योगको सम्भावना रहेकाले जनताको जीवनस्तर परिवर्तन हुने गरी पूर्वाधार विकासमा लगानी गर्न बैंकलाई आग्रह गरे । तराई र पहाडी भु–भागको समुचित विकासका लागि दातृ
तिलोत्तमा नगरपालिकाको टोली अर्थमन्त्रालयमा

तिलोत्तमा नगरपालिकाको टोली अर्थमन्त्रालयमा

अन्तर्राष्ट्रिय, अर्थ / व्यापार, खेलकुद, चलचित्र/मनोरञ्जन, नागरिक बिचार, प्रविधि, फोटो फिचर, मुख्य समाचार, राजनीति, समाज, स्वास्थ्य
तिलोत्तमा, २५ फागुन । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रतिनिधि टोलीले बिहीबार अर्थमन्त्री डा. युवराज खतिवडासँग भेट गरेको छ । भेटका क्रममा टोलीले तिलोत्तमा नगरपालिकामा अघि सारिएका विकासका ठूला आयोजनाका बारेमा अर्थमन्त्री खतिवडालाई जानकारी गराएको छ । रुपन्देही क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य घनश्याम भुसाल सहितको टोलीले अर्थमन्त्री खतिवडालाई अर्थमन्त्रालयमा भेट गरेको हो । भेटका क्रममा टोलीले ठूला विकासका आयोजना निर्माणमा सहयोग जुटाइदिन अर्थमन्त्री खतिवडालाई आग्रह गरेको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिए । नगरपालिकाका विभिन्न काम लिएर काठमाडौं पुगेको टोलीमा नगर प्रमुख बासुदेव घिमिरे, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, कार्यपालिका सदस्य तथा प्रवक्ता सुरेन्द्र श्री, प्रेस सल्लाहकार बीपी गौतम, नगर प्रमुखका स्वकीय सचिव विष्णुप्रसाद अर्याल छन् । भेटमा नगर प्रमुख घिमिरेले नगर