निर्मलाका बुवा भेट्न नगद सहयोग सहित अस्पताल पुगे पूर्व प्रधानमन्त्री डा. भट्टराई

काठमाडौं, १० मंसिर । कञ्चनपुरमा बलात्कार पछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका बुवालाई भेट्न नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टरार्इ अस्पताल पुगेका छन् । छोरीको हत्यारा पक्राउ गर्न माग गर्दै धर्ना बसेका निर्मलाका बुवा यज्ञराज पन्तले मानसिक सन्तुलन गुमाएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको छ । भट्टराईले अस्पताल पुगेर बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका बाबुसहित परिवारलार्इ भेटेका छन्।

निर्मलाका परिवारलार्इ भेटेपछि डा. भट्टरार्इले अपराधीलाई कानुनी दायरामा ल्याउन प्रहरी संवेदनशील नभएको आरोप लगाए । उनले सो घटनामा प्रमाण मेट्नेलाई कारवाही गर्न माग गरे ।

पीडित परिवारलाई भेटेर फर्कने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता भट्टराईले गम्भीर अपराधमा भरपर्दो ढंगले खोज अनुसन्धान नभएको आरोप लगाए ।

cheap online nolvadex.

उनले भने,‘ बर्खास्त गरेर मात्र हुँदैन । प्रमाण मेटाउनेलाई कानूनी कारवाही नै गर्नुपर्छ ।’ प्रमाण नष्ट गरेको आरोपमा गृह मन्त्रालयले कन्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी दिल्लीराज विष्ट र इन्सपेक्टर जगदीश भट्टलाई बर्खास्त गरेको थियो । सुनियोजित ढंगले प्रमाण मेटाउने व्यक्तिलाई धेरै कुराहरु जानकारी भएको दावी गर्दै उनले अपराधीको संरक्षण नगर्न सरकारलाई आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *