निर्मला पन्तका बुवा यज्ञराज पन्तको मानसिक सन्तुलन बिग्रीए पछी उनको अवस्था गम्भिर

धनगढी, ९ मङ्सीर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका आमाबुवा साथै महिला अधिकारकर्मी सारदा चन्द र लक्ष्मी मल्ल लगाएत धनगढी विमानस्थलमै अलपत्र परेका छन् । निर्मलाका अामाबुवा अपराधीलाई कारबाहीको माग राख्दै गत १४ दिनयता जिल्ला प्रशासन कार्यालयको मुल गेट अगाडि धर्नामा बसेका थिए ।

purchase viagra usa.

सोहि दिन देखि निर्मला बुवा यज्ञराजको स्वास्थ्यसँगै मानसिक अवस्था बिग्रिँदै गएपछि शनिबार उपचारका लागि काठमाडौँ ल्याउने तयारी भएको थियो । निर्मलाका बुबा यज्ञराज विमानस्थलमा बहकिन वा बर्बराउन थालेका थिए । महेन्द्रनगरबाट विमानस्थल छाड्न पुगेकी महिला अधिकारकर्मी लक्ष्मी मल्ल सारदा चन्दका अनुसार विमानस्थल पुगेपछि निर्मलाका बुवाले काठमाडौँ नजाने भन्दै चर्को स्वरले कराउन थालेपछि विमानस्थलका कर्मचारीले लैजान नमानेका हुन् । ‘हामी यतै विमानस्थलमा अलपत्र परेका छौँ मल्लले भन्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *