नेकपाका केन्द्रीय सदस्यको कार्य बिभाजन सोमवार

काठमाडौं,८ मङ्सीर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरुको कार्य विभाजन सोमबार हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बेलुका बसेको नेकपाको सचिवालय बैठकमा केन्द्रीय सदस्यहरुको कार्य विभाजनबारे छलफल भएको हो ।

let me watch movies free.

बैठकले आइतबार गृहकार्य गरी सोमबार बस्ने बैठकले कार्य विभाजनको टुङ्गो लगाउने निणर्य गरेको छ । नेकपामा ४ सय ४१ सदस्यीय केन्द्रीय सदस्य रहेका छन । गत जेठ ३ गते पार्टी एकता भएपनि हालसम्म केन्द्रीय सदस्यको कार्यबिभाजन हुन सकेको छैन भने जनसंगठन र जिल्ला कमिटीलगायत स्थानीय कमिटीको एकतासमेत हुन सकेको छैन ।

हिजोको सचिवालय बैठकले प्रदेश कमिटीका सदस्यहरुको नाम अनुमोदन गरेपनि स्थायी कमिटी बैठकमार्फत निर्णय सार्वजनिक गर्ने बताइएको छ । पार्टी केन्द्रीय सदस्यको कार्य विभाजनपछि मात्रै नेकपाले जनवर्गीय सङ्गठनको एकीकरण प्रक्रियामा प्रवेश गर्ने निर्णयसमेत गरेको छ ।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार केन्द्रीय सदस्यको कार्यबिभाजनपछि जनसंगठनको केन्द्रीय कमिटीको एकता प्रक्रिया अघि बढाइने छ । एकता प्रक्रिया लम्बिदा सवैजसो जनसंगठनहरु निस्कृय बनेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *