“अर्जुन सुनाम सुमधुर साँझ – २०७५” मा सबैलाई भावुक बनाए अर्जुनले

काठमाडौं,८ मङ्सीर । चर्चित गायक अर्जुन सुनामले “अर्जुन सुनाम सुमधुर साँझ २०७५” गरेका छन । शनिबार सत्यवती फिल्मसको आयोजनामा राष्ट्रिय नाचघर जमलमा सम्पन्न उक्त सुमुधुर साँझको मुख्य अतिथी वन तथा वातावरण मन्त्री शक्त बहादुर बस्नेतले दिप प्रज्वलन गरेेर उद्घाटन गरेका थिए । भिडियाे हेर्न तलकाे  लिन्क  क्लिक गर्नुहोस् :-

“नामुछे आमा दहिमा टिका नछरे जमरा दैबले पर्दा उठायो आमा आउदिन फर्केर बोलको गीतबाट आफ्नो प्रस्तुती सुरुवात गर्दै सबैलाई भावुक बनाएका अर्जुनले आफ्ना र अरु चर्चित गीत गाएर मन्त्रमुग्ध परेका थिए ।

क्यान्सर पीडितहरुको सहयोगार्थ यो कार्यक्रम आयोजना गरिएको आयोजकले बताएका छन् । सो साझ सत्यवती फिल्मसको अध्यक्ष उदिराम खड्काको अध्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा दर्शकहरुको उल्लेख्य उपस्थिती रहेको थियो । सो साँझमा औपचारिक कार्यक्रमको संचालन यज्ञराज उपाध्यायले गरेका थिए भने दोस्रो चरणको कार्यक्रम संचालन राजकुमार रायमाझीले गरेका थिए ।

वरिष्ठ गायक एबम निर्देशक नारायण रायमाझी, गायक चन्द्र शर्मा, कलाकारहरु, पत्रकारहरु लगायत धेरै दर्शकहरुको उपस्थिती रहेको थियो । सो साझमा अतिथी कलाकारको रुपमा बिबि अनुरागी, टीका पुन रहेका थिए भने गायक अर्जुन सुनामलाई सुनितामी परियार, प्रेम अर्याल , प्रनिल तामाङ, रेजिना परियार लगायत अन्य कलाकारहरुले साथ दिएका थिए ।

tesco pharmacy online.

अर्जुन सुनाम सुमधुर साझ २०७५ भब्य, सभ्य रुपले सम्पन्न सम्पन्न हुनुमा सहयोगीदाता, कलाकार, पत्रकार, दर्शकहरुको माया रहेको कुरा जानकारी गराउदै अध्यक्ष उदिराम खड्काले सबै प्रती आभारी समेत रहेको बताए । यस कार्यक्रममा पत्रकार, कलाकार, सहयोगीदाताहरु र अन्यलाई सम्मान पनि गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *