रजनीकान्त र अक्षयकुमारले खेलेको यो फिल्म अहिले सम्मकै सबैभन्दा महंगो, कति होला लगानी ?

मुम्बई । बलिउड फिल्म उद्योगको इतिहासमा अहिलेसम्मकै सबैभन्दा महंगो फिल्म रिलिज हुंदैछ । भारतीय फिल्मी इतिहाँसमा अहिले सम्मर्कै महंगो फिल्म २.० मंसिर १४ (नोभेम्बर २९) मा विश्वव्यापी रिलिज हुँदैछ। रजनीकान्त र अक्षयकुमार स्टारर यो फिल्म पाँच सय ४३ करोड भारतीय रुपैयाँ लगानीमा निर्माण भएको हो। फिल्म रजनीकान्त अभिनीत बलिउड फिल्म रोबोटको सिक्वेल हो।

यो फिल्ममा अक्षयकुमारले नकारात्मक भुमिका खेलेका छन् ।यो भूमिकाका लागि उनले ५२ करोड पारि श्रमिक लिएका थिए। चलचित्रका निर्माता ए सुभासकरन, राजु महालिंगम हुन्।

चलचित्रका निर्देशक एस शंकर हुन् भने संगीत एआर रहमानको छ। फिल्ममा रजनीकान्त, अक्षयकुमारका साथमा, एमी ज्याकसन, सुधांशु पाण्डे, आदिल हुसेनलगायतका कलाकार छन्। ‘२।०’ कोे पहिलो भाग ‘रोबोट’ को अन्तिममा ‘चिठी’लाई संग्रहालयमा राखिन्छ। केही वर्षपछि एक रहस्यमयी र शक्तिशाली सुपरभिलेन (अक्षय कुमार) ले सर्वसाधारणमाथि आतंक मच्चाउँछ। ऊ आफ्नो नोक्सानको बदला पूरा दुनियाँसँग लिन थाल्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *