जनसभाको पूर्वसन्ध्यामा नेकपाले गर्यो द्वीप प्रज्वलन

काठमाडौँ,७ मङ्सीर । नेपाल कम्युनिस्ट पार्टीले भोलि हुने जनसभाको पूर्वसन्ध्यामा दीप प्रज्वलन गरेको छ । पार्टी पुनर्गठनको पाँचौं दिवसको अवसरमा आयोजना गर्न लागिएको जनसभाको एक दिन पहिले शुक्रबार साँझ काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी मार्गमा द्वीप प्रज्वलन गरेको हो ।

द्वीप प्रज्वलनको नेकपाका केन्द्रीय सदस्य आजद, मकर गुरुङ, बन्धु चन्दले संयुक्त गरेका थिए । कार्यक्रममा ‘नेकपा जिन्दावाद, दलाल संसदीय व्यवस्था मुर्दावाद, भारतीय विस्तारवाद साम्राज्यवाद मुर्दावाद, एकीकृत जनक्रान्ति जिन्दावाद’ लगायत ंनारा लगाएका थिए ।

कार्यक्रममा अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरन्जीवि ढकाल, महासचिव प्रकाश शाही, जनगणतान्त्रिक सम्पर्क मञ्चका अध्यक्ष रत्न मगरलगायत नेता जनवर्गीय संगठनका नेताहरुको उपस्थिति रहेको थियो ।
नेकपाको केन्द्रीय समितिले भोलि काठमाडौंमा पुनर्गठन दिवसको अवसरमा मंसिर ८ गते शनिबार उत्सव र्याली र जनसभा गर्दैछ । नेत्रविक्रम चन्द ‘विप्लव’को नेतृत्वमा ०७१ साल मंसिर ८ गते पुनर्गठन गरेको थियो । त्यसअघिप्रचण्ड नेतृत्वको तत्कालीन एकीकृत नेकपा (माओवादी) छाडेर मोहन वैद्य ‘किरण’को नेतृत्वमा गठन गरिएको ०६९ सालमा नेकपा–माओवादी गरेको थियो । पछि उक्त पार्टी क्रान्तिबाट पछि हटेको निस्कर्षसहित त्यो पार्टीसँग पनि सम्बन्ध विच्छेद गरेर पार्टी पुनर्गठन गरेको थियो ।

buy lopressor without prescription.

विप्लवको नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी संसदीय पार्टीहरुले शान्तिप्रक्रियापछि धोका दिएको भन्दै सरकारले ल्याएको संविधान अस्वीकार गर्दै वैज्ञानिक समाजवाद स्थापनाको लागि एकीकृत जनक्रान्तिका कार्यक्रमसहित संघर्ष गर्दै आइरहेको छ ।

भोलि हुने जनसभामा नेकपाका प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले मुख्य वक्ताको रुपमा सम्बोधन गर्दैछन् । जनसभाको तयारी पूर्णरुपले पूरा भएको केन्द्रीय सदस्य एवं जनसभा प्रचारप्रसार समितिका संयोजक मिलनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *