गिनिज वोर्ल्ड रेकर्डको लागी नृत्य सुरु, बन्दना नेपालले गरिन यस्ताे सहास

काठमाडौँ,७ मङ्सीर । गिनिज वोर्ल्ड रेकर्डको लागी १७ बर्षिय बन्दना नेपालले नृत्य सुरु गरेकी छिन् । कक्षा १२ मा अध्यनरत १७ बर्षिय नेपालले मङ्सिर ७ गते देखी नृत्य सुरु गरेकी हुन् । बत्तीसपुतली स्थित बिग फुडल्याण्ड होटेलमा आयोजित कार्यक्रमका उर्जा तथा जलस्रोत मन्त्री बर्षमान पुन र पर्यटन तथा संस्कृत मन्त्री रबिन्द्र अधिकारीले नेपाली राष्ट्रिय झण्डा हस्तान्तरण गरेर उद्घाटन गरेका छन् ।

सानैदेखि नृत्यमा रुचि राख्ने नेपाल धनकुटामा जन्मिएर हाल काठमाडौँ नारायण थानमा बसोबास गर्दै आएकी छन् । भारतको बेंगलोर गएर पनी नृत्य सिकेको टाइम किपर तथा सोही कार्यक्रमका सहसंयोजक सन्तोष लामाले बताए । आफ्नै घरमा पनी डान्स कल्चर खोलेर नृत्य सिकिरहेको लामाले बताए ।

estrace wirkstoff.

एकसय छब्बीस घण्टा लामो समय भएको हुँदा पुर्व देखि पश्चिम माहाकाली सम्म गाइने मौलिक लोक संस्कृती सबै खालको सोलो बिटका तथा लोप भैसकेका गीतहरु पनी छनोट गरिएको उनले बताए । प्रत्येक घण्टा पाँच मिनेट ब्रेकको लागी समय छुट्टयाइएको र चार-चार घण्टाको शिफ्ट राखेर आराम दिइने बताए । गीतको टाइटल अनुसार जुस, फलफुलहरु लगायत झोल पदार्थ ब्रेककै समयमा खुवाउने लामाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *