माल्दिव्सका नवनिर्वाचित राष्ट्रपतिको सपथ ग्रहणमा उपस्थित हुने काे हुन यी नेपाली ?

माल्दिव्स,२ मङ्सिर । पब्लिक इनोवेटर ई. कँडेल माल्दिव्सको राष्ट्रपतिय सपथ ग्रहणमा उपस्थित भएका छन । शनिबार आयोजित कार्यक्रममा सहभागी भई नवनिर्वाचितराष्ट्रपति ईब्रहाइम मोहम्मद सल्लह तथा उपराष्ट्रपति फैसले नसीमलाई सफल कार्यकालको लागि शुभकामना दिएका छन् । कँडेलका अनुसार यही अक्टोबर १७ तरिक ५ बजे माल्दिव्सको माले शहरमा राष्ट्रपतिय सपथ ग्रहण समरोह भएको हो ।

२९ सेप्टेम्बर २०१८ मा माल्दिव्सको निर्वाचन आयोगले आधिकारिक रूपमा विपक्षी नेता इब्राहिम मोहम्मद सोलिह र फैसले नसीम लाई क्रमश: राष्ट्रपति तथा उपराष्ट्रपति पदमा निरवाचित भएको घोशणा गरेको थियो ।

कँडेलले माल्दिव्स सरकारसँग नागरिक उड्ययन क्षेत्रको विकास र स्तरोन्नतीलाई प्राथमिकता दिदै अगाडि बढ्ने ईच्छा व्यक्त गरेका छन् । उनले भने, ‘यो कुरा मैले स्वयम् नवनिर्वा्चित राष्ट्रपति ईब्रहाइमलाई भेटेर अन्तर्रा्ष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले माल्दिव्सको नागरिक उड्ययनको अवस्थालाई दिँदै आएको ६५.८२ प्रतिशत अंकलाई बढाएर कम्तिमा ८० प्रतिशत पुर्याउने मेरो उद्देश्य भएको प्रस्ठ सँग राखेको छु ।’ उनले थपे, मेरो समरोहमा नागरिक उड्ययन मन्त्री सँग पनि यो बारेमा छलफल भएको छ ।

कँडेलले भने, “नेपालमा आधिकारिक रुपमा दर्ता गरिएको कँडेलको थिन्क ट्यांक ‘दिपेन्द्र कँडेल ईनिसियटिभ’ ले दक्षिण एशियाली तथा दक्षिण अफ्रिकी देशहरुको स्तरोन्नती लागी युएईको महामहिम शेख मोहम्मद बिन रसिद अल मोक्तुमद्धारा गठित थिंक ट्यांक ‘मोहम्मद बिन रसिद स्कुल अफ गभर्मेन्ट’ को सहकार्यमा काम गर्ने भएकाले पनि आफु सँग शाहअकार्य गर्न माल्दिव्स साकारात्मक भएको हुनु पर्छ“ । कँडेलले समरोहमा उपस्थित बिभिन्न मुलुकका राजदूत, माल्दिव्सका पूर्व राष्ट्र पती तथा बिभिन्न बिशिस्ठ व्यक्तीहरुसँग पनि आफ्नो संस्था दिपेन्द्र कँडेल ईनिसियटिभको काम बारे कुरा गरेको पनि वताएका छन् ।

कँडेलले आफ्नो माल्दिव्स बसाईको क्रममा बिभिन्न पेशामा कार्यरत नेपालीहरुसँग पनि भेट्ने जानकारी दिएका छन् । उनले भने, “माल्दिव्स सरकारले सम्मान सोरुप गरेको निमन्त्रणा लाई स्विकार गरेर संस्था को मात्र नभएर समग्र नेपाल को प्रतिनिधित्व गर्ने अवसर मिलेकोमा अफुलाई भाग्यमानी ठानेको छु तर सबै जसो देशका प्रतिनिधि र छिमेकी राष्ट्र भारत बाट सम्माननिय प्रधानमन्त्री नरेन्द्र मोदी समेत आएको कार्यक्रमा नेपालको तर्फ बाट कुनै प्रतिनिधि नदेख्दा दुख लाग्यो । उनले थपे, “लगभग ५००० भन्दा बढी नेपाली रहेको देशमा नेपाली राजदुताबास नहुनु तथा दक्षिण एसियाली राष्ट्रको प्रमुखको सपथ ग्रहणमा आफ्नो प्रतिनिधि नपठाउनुले नेपाल र माल्दिव्स बिचको सम्बन्ध नराम्रो हुन सक्ने हुँदा यो बारेमा आफु फर्केपछी नेपाल सरकार सँग कुरागर्ने सोचेको छु ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *